बोनस शेयर बापत लाग्ने कर तिर्न शेयरधनीहरूलाई मेगा बैंकको आग्रह

प्रकाशित मिति:

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले साविक गण्डकी विकास बैंक लिमिटेडको विभिन्न आर्थिक वर्षहरूको बोनस शेयर बापत लाग्ने कर तिर्न शेयरधनीहरूलाई आग्रह गरेको छ ।

बैंकले उक्त कर जम्मा गरेपश्चात मात्र बोनस शेयर जम्मा हुने बताउँदै शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स लिमिटेडको जिडिबिएल बोनस ट्याक्स खाता नम्बर ००१००१०७१६३१८ राइजिङ्ग मल काठमाण्डौंको खाता नम्बरमा कर जम्मा गर्न आग्रह गरेको हो ।त्यसैगरी, रकम जम्मा गर्दा शेयरधनीको नाम, थर, हितग्राही खाता नम्बर। शेयरधनी खाता नम्बर, तथा कुन आर्थिक वर्षको कर बुझाएको हो अनिवार्य रूपमा खुलाउन पनि बैंकले शेयरधनीहरूलाई आग्रह गरेको छ ।