बुटवलमा ‘फूड बैंक’ सञ्चालन

प्रकाशित मिति:

कोरोना भाईरस ९कोभिड–१९० को महामारीबाट प्रभावितहरुका लागि प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा ‘फूड बैंक’ सञ्चालन गरिएको छ । रोटरी क्लव अफ बुटवल साउथको अग्ररसतामा मंगलबारदेखि बुटवलको ट्राफिकचोकमा फूड बैंक सञ्चालन गरिएको हो । कोही पनि भोकै बस्नु नपरोस भन्ने उद्देश्ले सञ्चालन गरिएको फूड बैंकमा हुनेहरुलाई सहयोग गर्न र नहुनेहरुलाई लैजानकालागि आग्रह गरिएको छ । सामाजिक सेवामा काम गर्ने संस्थाहरु रोटरी क्लव अफ बुटवल साउथ, रोट्रयाक्ट क्लव अफ बुटवल साउथ, रोट्रयाक्ट क्लव अफ तिनाउ सिटी र ह्याप्पी ह्वील्सको आयोजना तथा साईन रेसुङ्गा डेभलपमेन्ट बैंक, ई–क्यान रुपन्देही र बुटवल महिला जेसिजको सहयोगमा फूड बैंक सञ्चालन गरिएको रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेम भूर्तेलले जानकारी गराउनु भयो ।

पैसाको अभावमा कोही पनि भोकै बस्नु नपरोस भन्ने उद्देश्यले लकडाउन अवधिभर सञ्चालन गरिने फूड बैंकबाट एक पटकमा एक जनालाई २।५ किलो चामल, आधा किलो दाल, १ किलो आलु, आधा लिटर तोरीको तेल, १ किलो प्याज, लसुन, बेसार, अदुवा एक÷एक पाउ, एक किलो नुन, ५ वटा मास्क र साबुन प्रदान गरिने छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलिन नदिनकालागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेको थियो भने त्यसयता स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयले लकडाउन गर्दै आएको छ । लकडाउनका कारण उद्योग व्यापार व्यबसाय लगभग ठप्प जस्तै भएको र कतिपयले रोजगारी समेत गुमाउनु परेको छ ।यस्तो विषम परिस्थितीमा दैनिक ज्याला मजदुरी खाने वर्ग नराम्रोसंग चपेटामा परेकाले उनीहरुलाई केही भएपनि राहत पु¥याउन सकियोस भन्ने उद्देश्यले सञ्चालन गरिएको फूड बैंकमा सहयोग प्रदान गरिएको शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनु भयो । उहाँले यो अभियानमा हुनेहरुले खुलेर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

नहुनेहरुका लागि नै फूड बैंक सञ्चालन गरिएको र उनीहरुको दैनिक साझ बिहान हात मुख जोड्न सहजहोस भन्ने आफूहरुको उद्देश्य रहेकाले नहुनेहरुले कुनै संकोच नमानी लैजानकालागि ई–क्यान रुपन्देहीका अध्यक्ष देव कुवँरले आग्रह गर्नुभयो ।महामारीको सबैले मिलेर सामना गर्नु पर्ने बताउँदै हेप्पी ह्वील्सका अध्यक्ष सन्तोष केसीले फूड बैंक पनि हुने र नहुने बिचको सहकार्यको एउटा नमुना भएको बताउनु भयो ।