उद्योग वाणिज्य संघ सुनवलद्वारा एकैपटक दुई ठाउँमा फुड वैंक सन्चालन

प्रकाशित मिति:

रन्जीत शर्मा – नवलपरासीरभदौं १८ । उद्योग वाणिज्य संघ सुनवलले आज देखि खाद्य वैंक संचालनमा ल्याएको छ । कोभिड १९ का कारण लामो समयसम्म वन्दावन्दी रहेको कारण काम गर्न नपाई छाक र्टान समेत धौ धौ परेका दैनिक मजदुरी गरी खाने अति विपन्नहरुको लागी खाद्य वैंक संचालन गरेको उद्योग वाणिज्य संघ सुनवलले जनाएको छ । ूहुनेले दिएर जानुहोस नहुनेले लिएर जानुहोसू भन्ने नारा सहित संघले पश्चिम् नवलपरासी को सुनवल चोक र भुमहिमा एकैसाथ खाद्य वैंक संचालनमा ल्याएको हो ।

खाद्य वैंकमा हुनेलाई ल्याउन आग्रह गरिएको छ भने नहुनेलाई लैजान भनिएको छ ।
दैनिक मजदुरी गरेर खाने निम्नवर्गको घरमा चुलो चौको बलोस भनेर संचालनमा ल्याइएको खाद्य वैंक उद्योग वणिज्य संघ सुनवलको मात्र नभएर सवै नगरवासिहरुको रहेको भन्दै सवैको सहयोगको अपेक्षा सहित आफु पनि सुरक्षित रहौं र अरुलाई पनि सुरक्षित राखौं , आफु पनि वाचौं र अरुलाई पनि बचाउ भन्ने उद्देश्यका साथ खाद्य वैंक संचालनमा ल्याइएको संघका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो ।

उद्योग वाणिज्य संघ सुनवलका पदाधिकारीहरु र सहयोगी मनका धनिहरु बाट संचालनमा ल्याइएको खाद्य वैंकमा स्थानिय व्यापारी, संघसस्था , समाजसेवि लगाएतलाई सहयोगको लागी आह्वान गरिएको र सहयोग आइरहदा सम्म खाद्य वैंक संचालनलाई निरन्तरता दिने आपुर्ति संयोजक तथा संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलको बताउनुभयो । खाद्य वैंकबाट चामल, दाल, सोयाविन, नुन, तेल उपलब्ध गराइएको छ । संघले संचालनमा ल्याएको खाद्य वैंक संचालनको लागी सहयोगी संस्थाका रुपमा लायन्स क्लव अफ सुनवल र लियो क्लव अफ सुनवल रहेको संघका महासचिव तेजु भण्डारीले जानकारी दिनुभयो । संघले एकै चोटि दुई ठाँउबाट खाद्य वैंक संचालनमा ल्याएपछि काम गर्न नपाई विहान साझँ छाक टार्न समेत धौ धौ भएका गरिब तथा मजदुरहरु लाभान्वित हुने देखिएको छ ।

यसैबिच कोरोना महामारीको विषम परिस्थितिमा साझ बिहान छाक टार्न धौँ धौँ हुने त्यस्ता ब्यक्तिका लागि राष्ट्रिय युवा संघ र अनेरास्ववियू नवलपरासीले फुड बैंकमा खाद्यान्न सहयोग गरेका छन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ६ मा हेमलेट ग्रुपको आयोजनामा सन्चालित फुड बैंक कार्यक्रम राष्ट्रिय युवा संघ र अनेरास्ववियू नवलपरासीले खाद्यान्न सहयोग गरेको हो। सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै अहिले कोरोना महामारीको विषम परिस्थितिमा औपचारिक कार्यक्रम गर्न नसकिने भएकाले खाद्यान्न सामाग्री सहयोग गरिएको नेकपा कार्यलय सदस्य बिमला अर्यालले बताउनुभयो ।

उहाका अनुसार चामल, दाल , नुन , तेल , सोइबिन, आटा लगाएत ३५हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरिएको हो। कार्यक्रममा बोल्ने बक्ताहरुले यस बिपद्को समयमा सबैले सहयोग गर्न आवश्यक भएको र जसको आर्थिक अवस्था कमजोर छ त्यसले मात्र राहत प्याकेज लिनु नै सबैको हित भएको बताउदै यस बिपतको घडीमा हामी सम्पूणर् राजनीति दलका प्रतिनिधि , समाजसेवी , समाजिक अभियान्ता , उद्योगी, व्यवसायी तथा स्थानीय जनप्रतिनिधिहरु मिलि जनताको समस्या समाधान तिर लाग्न एक्दमै जरुरी रहेको कुरामा जोड दिनुभएको थियो।