असोज १, काठमाडौं । स्थानीय बजारमा बिहीवार पहेलो धातु सुनको मूल्य प्रतितोला रू. ९०० ले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीवार अघिल्लो कारोबारको दिन अर्थात् बुधवारको तुलनामा रू. ९०० ले कमी आई रू. ९६ हजार ६०० मा कारोबार भएको छ ।
बुधवार छापावाला सुन प्रतितोला रू. ९७ हजार ५०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुनमा समेत प्रतितोला रू. ९०० ले कमी आएको छ । बिहीवार प्रतितोला रू. ९७ हजारमा कारोबार भएको तेजाबी सुन बिहीवार रू. ९६ हजार १०० मा कारोबार भएको छ ।
यस्तै चाँदी प्रतितोला रू. २० रुपैयाँले घटेर रू. एक हजार ३२० मा कारोबार भएको छ । बुधवार चाँदी प्रतितोला रू. एक हजार ३४० कारोबार भएको थियो ।












