राष्ट्र बैंकले युट्युबको आम्दानीलाई वैधानिकता दियो

प्रकाशित मिति:

असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले युट्युब जस्ता सामाजिक सञ्जालमाध्यमबाट हुने आम्दानी रकमलाई नेपालको बैंक खातामा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले ई-कमर्स लगायतका कारोबारवापत अनलाइन वित्तीय सेवा मार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्था, अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरुका लागि राष्ट्र बैंकले सूचना जारी गर्दै विशेषतः सूचना प्रविधि सम्बद्ध दक्षतारविज्ञताको निकासी बिक्री वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएवापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिकरव्यापारिक कारोबार वापत प्राप्त हुने रकम लगायतका रकमहरु मान्य हुने बताएको छ ।