कारोबार सुरु भएको तीनघण्टा नबित्दै नेप्सेमा एक सय अंकको गिरावट आएको छ । सेयरबजार परिसूचक दिउँसो २ बजेर ९ मिनेट जाँदासम्म ५.३६ प्रतिशत अर्थात् ११०.१३ अंकले घटेको हो ।
यतिबेलासम्म बजारमा १ करोड ४८ लाख कित्ता सेयर ६ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको छ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्ने संकेत गरेपछि लगानीकर्ता रुष्ट छन् ।












