अर्थमन्त्री विष्णु पौडेल र नेपालका लागि फिनल्याण्डका महामहिम राजदूत Mr. Pertti Anttinen बीच शिष्टाचार भेटघाट

प्रकाशित मिति:

माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका महामहिम राजदूत  Mr. Pertti Anttinen   बीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भयो।

उक्त भेटमा माननीय अर्थमन्त्रीले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्नुहुँदै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिनुभयो।

माननीय अर्थमन्त्री र महामहिम राजदूत बीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भयो।  उक्त भेटमा महामहिम राजदूतले सन् द्दण्द्दज्ञ देखि द्दण्द्दद्ध सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराउनु भयो। महामहिम राजदूतले नेपालसंग सहकार्य गर्दै सहायता अभिबृद्धि गर्दै जाने समेत बताउनुभयो।