पेट्रोलियम पदार्थको मूल्य बृद्धी

प्रकाशित मिति:

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन आईओसीले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा पनि मूल्य बढाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १०९ रुपैयाँ पुगेको छ । डिजेल र मटीतेल ९१ रुपैयाँ पुगेको छ । वृद्धि गरेको मूल्य शनिबार रातिदेखि नै लागू भएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।