मनकामना बहुउद्देश्यीय युवा क्लबको छैटौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

प्रकाशित मिति:

बुटवल, २६ पुष । मनकामना बहुउद्देश्यीय युवा क्लबको छैटौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । क्लबका उपाध्यक्ष सुर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले चेतन ठाडा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको थियो । जसको उपाध्यक्षमा अनिल थापा, सचिवमा विवेक थापा, सह–सचिवमा पूजा शाही, कोषाध्यक्षमा आनन्द थामी, सदस्यहरुमा सुमन खनाल, देविन भुजेल, आशिष परियार र मुना शाही निर्वाचित हुनुभएको थियो । कार्यक्रममा बोल्दै नव निर्वाचित ठाडा मगरले आफ्नो कार्यकाल अवधीमा क्लबलाई थप उचाइमा पुर्याउनुका साथै क्लबको आफ्नै भवन निर्माण गर्ने र थप रचनात्मक कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

यस्तै पुर्व उपाध्यक्ष तथा कार्यक्रमका सभापती सुर्य बहादुर थापाले नयाँ कार्यसमितीलाई अविर र खादा ओडाई सम्मान तथा बधाई दिदै आगामी समयमा क्लबले थप प्रगती गर्नेमा विश्वस्त हुँदै शुभकामना समेत ब्यक्त गर्नुभएको थियो ।बुटवल उप–महानगरपालिका वडा नं।–२ का अध्यक्ष रमेश प्रसाद नेपालको प्रमुख आथित्यता रहेको कार्यक्रममा, विशिष्ट अतिथी बुटवल सामुदायिक बन उपभोक्ता समिति बुटवल १ र २ का अध्यक्ष हिक बहादुर दर्लामी, अतिथीहरुमा बुटवल उप–महानगरपालिका वडा नं। २ का वडा सदस्य सुनिल शाक्य, बहुजातिय क्रियापुत्री ट्रस भवनका अध्यक्ष शेर बहादुर थामी, नमस्ते किड्स नेपालका प्रबन्धक सरु थापा, महाविर स्कुलका अध्यक्ष बाबुराम पौड्याल त्यस्तेै समाजसेवी महेश पोख्रेल लगाएतको उपस्थिती रहेको थियो । प्रमुख अतिथी लगाएत उपस्थित अतिथीहरुले नयाँ कायसमितिलाई बधाई तथा शभकामना दिएका थिए । सुमन खनालको स्वागत मन्तब्य रहेको कायक्रमको सञ्चालन कल्बका सचिव विवेक थापाले गर्नुभएको थियो ।