काठमाडौं– लगातार चार कारोबारसम्म उच्च बिन्दुको नयाँ रेकर्ड बनाएको नेप्सेले आज पनि अल टाइम हाइको नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचक २८।३१ अंकले बढेर २ हजार २६७।७३ अकको नयाँ रेकर्ड बनाएको हो ।
गत बिहीबारदेखि नेप्स परिसूचकले लगातार आजसम्म उच्च बिन्दुको नयाँ रेकर्ड कायम गरेको छ । नेप्सेका अनुसार ४ अर्ब, ९८ करोड, २३ लाख ९१ हजरा ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आईएमई जेनरल इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइन्नास, अपर तामाकोशी हाइड्रो पावरलगायत कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने नेपाल हाइड्रो, प्रिमियम इन्स्योरेन्स, सिभिल लघुवित्तलगायत कम्पनीको मूल्य घटेको छ ।












