भैरहवा, ६ चैत । भैरहवामा जावा ब्राण्डको पेराक मोटरसाइकलको विक्री शुभारम्भ र्भएको छ । शुक्रबार जावा ब्राण्डको भैरहवाका लागि आधिकारिक विक्रेता वारिस अटोमोबाइल्समा आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका सांसद सन्तोष कुमार पाण्डेयले शुभारम्भ गरेका हुन् ।सो अवसरमा बोल्दै प्रदेशसभा सांसद पाण्डेयले जावाको मोटरसाइकलप्रति अहिलेका युवा आकर्षित भइरहेको भन्दै सुरक्षित भएर सवारीसाधन प्रयोग गर्नुपर्ने बताए । उनले भैरहवा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको बेला युवाहरुको मागलाई मध्यनजर गर्दै जावाले नयाँ ब्राण्डको मोटरसाइकल ल्याउनु राम्रो भएको बताए । उनले मोटरसाइकलले बजार पाउने विश्वास व्यक्त गरे ।
म्याट ब्ल्याक रंगमा रहेको जावा पेराक ३ सय ३५ सिसीको क्षमता भएको मोटरसाइकल हो । वारिस अटोमोबाइल्सका सञ्चालक इरफान वारिसले मोटरसाइकलको बजार मुल्य ७ लाख ५० हजार रुपैयाँ रहेको , रेट्रोे क्लासिक डिजाइनमा कुलीङ इञ्जिनमा ट्वीन एक्जस्ट सहितको सुविधा रहेको बताए ।












