तिलोत्तमा, ९ चैत । लाइफ इन्स्योरेन्स कम्पनी (एलआइसी) नेपालले बर्दघाट–४ नवलपरासी शिवनगर कलोनी निबासी तोलाकान्त पाण्डेको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रवन्धक दृश्या पुरीले तोलाकान्तकी श्रीमती शान्ती पाण्डेलाई रकम हस्तान्तरण गरेकी हुन् ।
गत असार ९ गते एलआईसी नेपालमा ६ लाख रुपियाँको बिमा गरेका तोलाकान्तको गत भदौ २१ मा हृदयघात भई मृत्यु भएको थियो । उनकी श्रीमती शान्तीलाई मृत्यु दावी बापत ६ लाख ३९ हजार ६०० रुपियाँ प्रदान गरिएको एलआइसी नेपाल बर्दघाट शाखा प्रवन्धक पुरीले बताइन् । त्यस अवसरमा बोल्दै शाखा प्रवन्धक पुरीले जीवन बिमाले परिवारको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने बताइन् । कार्यक्रममा एलआइसीका एजेन्सी म्यानेजर किशनबहादुर चौधरी, अभिकर्ता रामभुवन लोनियाँ लगायतले जीवन बीमाको महत्वका साथै यसका फाइदाहरुका बारेमा चर्चा गरेका थिए ।












