तिलोत्तमा महोत्सवमा कलाकारले दर्शक बढाउंदै

प्रकाशित मिति:

उद्योग व्यापार संगठन रुपन्देहीको तिलोत्तमा शाखाको मुख्य आयोजनामा रुपन्देहीको मणिग्राममा शुरु भएको तिलोत्तमा महोत्सवको चौथो दिन आज लोक गायक भागिरथ चलाउने, सम्झना भण्डारी, हांस्य कलाकार पुरुषोत्तम भण्डारी पुर्खे बा, डान्सर अमृता अधिकारी र सविता भुषाल लगायतले प्रस्तुती दिने सांस्कृतिक संयोजक प्रेम घर्ती मगरले जानकारी दिनुभयो । आजको कार्यक्रम लोक गायक नारायण विपी परियारले संचालन गर्नेछन् ।
यसैबीच शनिबार देखि तिलोत्तमा डान्स आइडल पनि सुरुवात भएको छ । पहिलो दिन टप टेन कलाकारको प्रस्तुती रहेको डान्स आईडल संयोजक लोकेन्द्र शाहले बताए । उनका अनुसार दर्शकको मत र जज हरुको मुल्यांकनको आधारमा आज आइतबार एक जना कलाकार बाहिरिने छन् ।
त्यस्तै शुक्रबार देखि सुरु भएको ५ ए साइड फुटवल प्रतियोगितामा शनिबार पनि तीन खेल भएको खेलकुद तथा अतिरिक्त कृयाकलाप संयोजक सितल ज्ञवालीले जानकारी दिए । २४ टिम सहभागि उक्त प्रतियोगितामा आज पनि तीन खेल हुनेछन् । महोत्सव परिसरमा रहेको रेसुंगा, रीडि कालिगण्डकी र रुरु नमूना प्रदर्शनमा सेल्फी खिच्नेको भीड बढेको छ ।
यसैगरी कृर्षीको पेभिलियन, फुटसल, रानीमहलको पेभिलियन भित्र लुम्बिनीको वृत्तचित्र प्रदर्शन र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको सचित्र अवलोकन, बाउन्नकोटी र बनबाटिकाको वृत्तचित्र प्रदर्शन मुख्य आर्कषक रहेको महोत्सव मुल आयोजक समितीको सचिवालय संयोजक अनिल कुमार ज्ञवालीले जनाए ।