कोलोराडोमा ट्रम्प बिजयी हुन् भनि किर्ते गरि पत्नीको मतपत्र ठगी गर्ने एक व्यक्तिलाई पत्नीको हत्याको आरोपमा पक्राउ

प्रकाशित मिति:

अमेरिकाको कोलोराडोमा गत बर्ष सम्पन्न चुनावमा डोनाल्ड ट्रम्प बिजयी हुन् भनि किर्ते गरि पत्नीको मतपत्रमा ठगि खसाल्ने एक व्यक्तिलाई पत्नीको हत्याको आरोपमा पक्राउ गरिएको छ । उनलाई मतदाता मतपत्रको ठगीमा आरोप लगाइएको छ । ब्यारी ली मोर्फे नामक उक्त व्यक्तिलाई गत हप्ता हत्या ,शारीरिक प्रमाणको हेरफेर र उनकी पत्नी सुजान मोर्फेको मृत्युको सम्बन्धमा सार्वजनिक कर्मचारीलाई प्रभाव पार्ने आरोप लगाइएको छ ।

गत बिहीबार चाफी काउन्टी कोलोराडोमा दायर गरिएको गिरफ्तारी पक्राउ पुर्जीका अनुसार ब्यारी मोर्फेले हुलाकी मतपत्रमा जालसाजी र अपराधको गरेको आरोप लगाईएको उक्त कागजातले देखाउदछ भनि सिएनएनले समाचार प्रकाशित गरेको छ । एफिडेभीड (शपथ पत्र) र चाफी काउन्टीका अधिकारीले दिएको जानकारी अनुसार अक्टोबर २२, २०२० मा मतदाता मतपत्रमा ठगी भएको शंका र उनकी पत्नी सुजान रेनी रेनी मोर्पेज हराई रहेको बताएका थिए ।

मतपत्रमा मतदाता हस्ताक्षर नभएको र यसमा साक्षीका लागि तोकिएको हस्ताक्षर खण्डमा ब्यारी ली मोर्फेको हस्ताक्षर पाइएको थियो । एफबीआई जासुसहरूले गत अप्रिल २२, २०२१ मा ब्यारी मोर्फे संग लिएको अन्तर्वार्तामा उनी ट्रम्पलाई पुनः चुनाव जितेको हेर्न चाहन्थे ।कोलोराडोको एघारौं न्यायिक जिल्ला अदालतको कागजात अनुसार यस आरोपको लागि उनलाई जमानत १,००० डलर राखिएको छ । उनलाई पत्नीको बेपत्ता सम्बन्धी आरोपको सम्बन्धमा बिना धरौटी उनलाई चाफी काउन्टी कारागारमा राखिएको अधिकारीहरूले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मोर्फेको हत्याको आरोपमा सल्लाह सुनुवाईका लागि गत बिहीबार अदालतमा उनि उपस्थित भएका थिए । र उनलाई एक सार्वजनिक अपराधी तोकि दिएको छ । मोर्फे आगामी मे २७ का दिन फेरि अदालतमा जानु पर्ने छ।@enepalese.com