उकालो लाग्दै सुनको मूल्य, कति छ आज प्रतितोला ?

प्रकाशित मिति:

बुटवल । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा ३ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार ३ सय रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।