५४ अंकले बढेर नयाँ रेकर्ड कायम गर्दै नेप्से, साढे ९ अर्ब बढीको शेयर कारोबार

प्रकाशित मिति:

आइतबार ५४ अंकले बढेर नयाँ रेकर्ड कायम गरेको नेप्से सूचकले सोमबार पनि नयाँ रेकर्ड बनाएको छ। सोमबार नेप्से सूचक २० अंकले बढेर नयाँ उचाइमा पुगेको हो। सोमबार नेप्से सूचक २०।७१ अंकले बढेर २७५९।२२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ४।४५ अंकले बढेको छ।

यस दिन कारोबार रकममा पनि उत्साह कायमै रहेको देखिएको छ। आइतबार १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार पनि ९ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यस दिन २१८ वटा कम्पनीको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता शेयर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँमा खरिदबिक्री भएको छ।