नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा

प्रकाशित मिति:

मंगलबार शेयर बजार परिसूचक, नेप्से ५३.४४ अंकले बढेको छ। बजार खुलेदेखि उकालो लागेको परिसूचक हालसम्मकै उच्च २९६०.१४ विन्दुमा पुगेको हो। 

 

आज ३ करोड ५७ लाख कित्ता शेयर खरीदविक्री हुँदा १६ अर्ब ९५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।बीमा, विकास ब्यांकका साथै वाणिज्य ब्यांकमा लगानीकर्ताको आकर्षण देखिएको छ। आज होटल तथा पर्यटन, लगानी र लघुवित्तबाहेक सबै उपसूचक उक्लिएका छन्।

मंगलबार ३६ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो। हिमालयन जनरल इन्स्योरेन्स, गोर्खाज् फाइनान्स, श्रीइन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, सांग्रिला डेभलपमेन्ट ब्यांक, मुक्तिनाथ विकास ब्यांक, ग्रीन डेभलपमेन्ट ब्यांकको सेयरमा १० प्रतिशतको सर्किट लागेको छ।

 

थप समाचार