घट्यो सुनको मूल्य

प्रकाशित मिति:

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन बुधबार प्रतितोलामा ३ सय रुपैंयाँ घट्दै ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९० हजार २०० रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।