इको युसिभिसी प्रोडक्सनको एक कार्यक्रमका बिच शुभारम्भ

प्रकाशित मिति:

बुटवल १६ मङ्सिर । इको युसिभिसी प्रोडक्सनको अधिकृत बिक्रेता रहेको शिखर इन्टरियर मार्फत इको उसिभिसी रुफिङ ब्राण्ड्को शुभारम्भ गरिएको छ गरिएको छ । सिखर इन्टरियरका संचालक उत्तम पोख्रेलको स्वागत मन्तब्य संगै सुरुभएको कार्यक्रममा सिखर इन्टरियरका गणेश पोख्रेलले अन्य प्रोडक्ट भन्दा इको युसिभिसीको ब्राण्ड निकै बेग्लै र मझभुत रहेको बताउनुभएको थियो । कार्यक्रममा शिखर इण्टरियरका महाप्रवन्धक खेमराज बरालले यो ब्राण्ड अन्य ब्राण्ड भन्दा बलियो , सस्तो र किफाएती रहेको उल्लेख गर्दै त्यहाँ उपस्थित उपभोक्ताहरुलाई वृतचित्र मार्फत ब्राण्डको उल्लेख गर्नुभएको थियो साथै उहाँले नयाँ ब्राण्ड भएतापनी इको युसिभिसीको प्रयोगकर्ता उल्लेखनिय रुपले बढेको बताउनुभएको थियो । बुटवल नगरपालिका , तिलोत्तमा नगरपालिकाका इन्जिनियर तथा पाल्पा नगरपालिकाका बरिष्ठ इन्जिनियरको उपस्थितीमा सम्पन्न कार्यक्रमको सिखर ग्रुपका सुमन कार्कीले संचालन गर्नुभएको थियो ।