आर्थिक वर्ष २०७७/०७८ को बजेटले संशोधित अनुमान पनि भेट्न सकेन

प्रकाशित मिति:

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा सरकारले गरेको बजेटको संशोधित अनुमानको लक्ष्य भेट्न पनि असफल भएको छ । गत आर्थिक वर्षका लागि सुरुमा ल्याइएको १४ खर्ब ७४ अर्बको ६४ करोड बजेट सार्वजनिक गरिएकोमा मध्यावधि संशोधन गरेर १२ खर्ब ६६ अर्बमा झारिएको थियो ।

कुल बजेटमध्ये संशोधित अनुमानमा १२ खर्ब ६६ अर्ब खर्च हुने भनिएपनि आर्थिक वर्ष समाप्तिको दिन अर्थात असार ३१ गतेसम्म ११ खर्ब ८० अर्ब खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । यो संशोधित अनुमानको ९३.२० प्रतिशत हो ।यस्तै यस अवधिमा ८ खर्ब ६७ अर्ब चालु खर्च हुने संशोधित अनुमानमा ८ खर्ब ५१ अर्ब खर्च भएको छ । यो संशोधित अनुमानको ९८.१५ प्रतिशत हुन आउँछ ।यसैगरी पुँजीगत खर्चतर्फ २ खर्ब ५१ अर्ब खर्च हुने संशोधित अनुमानमा २ खर्ब २८ अर्ब अर्थात ९०.८३ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अर्थ सचिव शिशिरकुमार ढुंगानाका अनुसार प्रारम्भिक तथ्यांक अनुसार वित्तीय व्यवस्थापनतर्फ १ खर्ब खर्च भएको छ । यो संशोधित अनुमानको ६९ प्रतिशत हो ।९ खर्ब ५९ अर्ब संशोधित अनुमान गरिएकोमा ९ खर्ब ३८ अर्ब सङ्कलन भएको ढुंगानाले बताए । यो संशोधित अनुमानको ९७.८१ प्रतिशत हो । #साभार बाह्रखरी