बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद कोरोना भाइरसबाट संक्रमित भएका छन्। गएको जुनदेखि स्वास्थ्य मन्त्री बनेका साजिदमा संक्रमण पुष्टि भएको बिबिसीले उल्लेख गरेको छ ।
उनमा निकै मन्द लक्षणहरु मात्रै देखिएको जनाइएको छ । खोपको दुवै मात्रा लगाएका मन्त्री साजिदले शनिबार राति आफ्नो पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।आइसोलेशनमा बसेर घरबाटै काम गर्ने उनले बताएका छन् ।शुक्रबार साजिदले प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गरेका थिए। तर प्रधानमन्त्री जोन्सन आइसोलेशनमा बस्ने वा नबस्ने स्पष्ट भएको छैन ।
बेलायतमा पछिल्लो केही दिनयता संक्रमण पुनः बढ्दो क्रममा देखिएको छ । पछिल्लो दुई दिन लगातार ५० हजार नयाँ संक्रमित थपिएका छन् ।
This morning I tested positive for Covid. I’m waiting for my PCR result, but thankfully I have had my jabs and symptoms are mild.
Please make sure you come forward for your vaccine if you haven’t already. pic.twitter.com/NJYMg2VGzT
— Sajid Javid (@sajidjavid) July 17, 2021











