अराज सिंह बेलबासे ।
कपिलबस्तुको यशोधरा गाउपालिकामा सुठौली भन्सारमा प्रभु वैंक लिमिटेडले एक्स्टेन्शन काउन्टर उद्घघाटन गरेको छ । कपिलबस्तुको दोस्रो ठुलो भन्सार रुपमा सन्चालन भएको सुठौलीमा एक्स्टेन्शन काउन्टर भए पछि अब निरन्तर राजस्व जम्माको लागि प्रभु वैंक लिमिटेड काउन्टर बाट सम्र्पुण कारोबार गर्र्र्न सकिने प्रभु बैक शाखा बिजयनगरका प्रमुख आनन्द बस्नेतले जानकारी दिनु भयो । कार्यक्रममा सुठौली भन्सार प्रमुख तिर्थ पासवान , क्षेत्रिय प्रमुख सुनिल राना लगायतको उपस्थिति रहेकोे थियो ।
नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैंकको काउन्टर स्थापना भएको छ यसै क्रममा नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिड। कारोवार शुरु गर्ने क्रममा कपिलबस्तुको सुठौली नाकामा पनि प्रभु बैंकको एक्स्टेन्शन काउन्टर सञ्चालन गरेको हो यो काउन्टर खोले पछि राजस्व दाखिला गर्ने सकिने छ भने बैकिंङग कारोवार भने हुदैंन ।
नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको झापाको भद्रपुर, सुनसरीको कोशी व्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले काउण्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ सुरु गरेको छ । बैंकको सेवा प्रारम्भ भएसंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यात कर्ताहरुले सरलरुपमा बैंकिङ सेवाहरु प्राप्त गर्ने बिश्वाश लिएको शाखा प्रमुख आनन्द बस्नेतले जानकारी दिनु भयो ।












