टिभिएस एनटर्कको १२५ सिसिको स्कुटर बालाजी अटोमोबाइल्स बुटवलमा विक्रि शुभारम्भ

प्रकाशित मिति:

टिभिएस मोटर कम्पनीले बिएस,भिआई कम्प्लायन्सको टिभिएस एनटर्कको १२५ सिसिको स्कुटरलाई आज बुटवलमा लञ्च गरेको छ । नेपाल मै पहिलो ब्लुटुथ जडान गरिएको स्कूटर टिभिएसले रुपन्देहीको शोरुमबाट लन्च गरेको हो । टिभिएस नेपालका ब्रान्ड एम्बेसेडर तथा नेपाली फिल्मका चर्चित कलाकार प्रदिप खड्का र स्वस्तिमा खड्काको उपस्थितीमा बुटवलको बालाजी अटो मोबाइल्सबाट स्कुटीको लन्च गरिएको हो । यस क्षेत्रका युवा ग्राहकहरुको लागि टिभिएसको नँया मोडेलमा स्कुटी बजारमा आएको संचालक विशाल जैसवालले जानकारी दिए ।

युवा पुस्तामा टिभिएस मोटर कम्पन्नीको स्कूटी रोजाई बढ्दै जाँदा अहिले एनर्टकक मोडेलको स्कूटीमा ब्लुटुथ जडान सहित भएकाले युवावर्गलाई थप आकर्षण गर्ने उनले बताए। यो स्कूटिमा स्पिडोमिटर , नेभिगेशनएसिस्ट , टप स्पीड रेकर्डर , इन–बिल्ट ल्याप टाइमर , फोन ब्याट्री, स्ट्रेन्थ डिस्प्ले , लास्टपार्क लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर ,ट्रिप मिटर ,स्ट्रट र स्पोर्ट लगायतका मल्टिराईड स्टाटिस्टिक मोल जस्ता सुविधाहलाई कम्पन्नीले समेटेको छ । स्कुटी म्याट रेड , मेटालिक ग्रे , मेटलिक रेड , मेटलिक निलो रंगमा उपलब्ध रहेको छ । बुटवलमा पहिलो दिन बीस वटा स्कूटी विक्रि भएको शोरुमका  ईन्चार्ज सुन्दर अर्यालले जानकारी दिए ।

यो स्कुटीको बजार मूल्य २ लाख ७७ हजार ९ सय रहेको छ । शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कुसजुले बजारमा टिभिएसका उत्पादनले राम्रै स्थान पाएकाले नयां मोडल र प्रविधियुक्त साधन विक्रि वितरणमा बालाजी अटोमोबाइल्सले राम्रो भुमिका खेलेको बताए । ब्रान्ड एम्बेसेडर नेपाली नायक प्रदिप खड्का र नायीका स्वस्तिमा खड्काको उपस्थितीमा कार्यक्रम भएको थियो ।