मेगा बैंकको खुद नाफा ४५.१६% बढ्यो

प्रकाशित मिति:

काठमाडौं : मेगा बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म २ अर्ब ३० करोड २५ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.१६% ले नाफा वृद्धि गरेको हो । वितरण योग्य नाफा पनि ३५.८३% ले बढेर १ अर्ब ५१ करोेड ५८ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी ३८.९५% र सञ्चालन नाफा ४६.३०% ले वृद्धि भएपछि खुद नाफामा पनि सुधार भएको हो । यता, निक्षेप संकलन तथा कर्जा लगानी पनि विस्तार भएको छ । रिजर्भ कोष ३०.७६% बढेर ३ अर्ब ८२ करोड ६३ लाख ४३ हजार रुपैयाँ पुगेको छ । मेगा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ ।