युनिपेट्रो इनर्जी प्रालीको आयोजनामा बुटवलमा डिलर भेटघाट तथा आगामी योजनाका विषयमा छलफल भएको छ । लुब्रेक्स लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता युनिपेट्रोका देशैभरि डिलर रहेको प्रालीका अध्यक्ष सुनिल कृष्ण श्रेष्ठले बताए । उनले विश्वमै अधिक प्रयोगमा रहेको लुब्रेक्सले नेपाली बजारमा पनि राम्रो स्थान बनाएको भन्दै आफुहरुले बजार प्रवद्र्धनमा यस वर्षदेखि थप मिहिनेत र स्किम सहितको सुविधा ग्राहकबीच ल्याएको बताए । साथै उनले बजारमा युनिपेट्रोको आफ्नै उत्पादन लुब्रिकेन्ट पनि विक्रि वितरण भइरहेको जानकारी दिए । कार्यक्रममा युनिपेट्रोको बारेमा जानकारी दिंदै नेशनल सेल्स म्यानेजर पशुपति शाहले डिलर सहकर्मीहरुलाई थप हौसला प्रदान गर्न र नयां योजनाबारे जानकारी दिन भेटघाटले सहयोग पुर्याएको बताए । कोरोना महामारीले आर्थिक बजारमा पारेको असरले नआत्तिन भन्दै उनले धैर्यताले पुन ः मिठो फल दिने आश्वासन दिए ।

उक्त कार्यक्रममा उपस्थित डिलर संचालकहरुलाई प्रोत्साहन गर्नका लागि एम्स कलेज बुटवलका निवर्तमान प्राचार्य बौद्धिक व्यक्तित्व दीपक ढकालले बजार व्यवस्थापन र पर्सनल डेभलपमेन्ट सम्बन्धि प्रशिक्षण समेत दिएका थिए ।त्यस्तै, उक्त कार्यक्रममा वर्षभरि धेरै व्यापार गर्ने उत्कृष्ट विक्रेता र लगनशिलताका साथ डिलरसिप निभाएको भन्दै बुटवल मैनाबगर स्थित सनलाईन सप्लार्यसका संचालक माधव खनाललाई सम्मान गरिएको थियो भने अन्य सहभागि डिलर र कर्मचारीलाई समेत मायाको चिनोले सम्मान गरिएको प्रालीका प्रबन्ध निर्देशक कविराज भट्टराईले बताए । कार्यक्रममा प्रालीका निर्देशकहरु राजीब कसजु, जर्जोन पालीखे, रिसब ओझा,आनन्द ओझा, सिद्धि विनायक अटो इन्डस्ट्रिज भैरहवाका एक्जेक्युटिभ डाइरेक्टर सुरज क्षेत्री, खुशी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।












