जनउत्थान साकोसको १६औं बार्षिक साधारण–सभा सम्पन्न

प्रकाशित मिति:

प्रकाश पाण्डे तिलोत्तमा सिटी,१६ असोज २०७८। जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्नभएको छ । संस्थाकाअध्यक्ष ज्ञानु पौड्यालको अध्यक्ष्तामा सम्पन्न सो साधराण सभाले २२ करोड बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गरेको थियो। अघिल्लो साधारण सभाबाट आएको नयाँकार्यसमितिले आजभलवारी स्थित सुनगाभा रिसोर्टमा एक कार्यक्रमको आयोजनागरि साधारण सभा सम्पन्न गरेको हो। सो कार्यक्रममाबोल्दै अध्यक्ष ज्ञानु पौड्यालले जनउत्थाननाममात्रै नभएर समाजको उत्थानकालागि अघि बढ्दै गरेको बताउनुभयो। उहाले संस्थामार्फत समाजमा रहेका हरेक बर्गको उत्थान र बिशेषगरि गरीबीन्यूनीकरण गर्ने उद्देश्य रहेको बताउनुभयो। हाल ५ वटा सेवा केन्द्रमार्फत संस्थाले सेवादिइरहेको उनको भनाइ छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार श्यामलाल खरेल, ईश्वरचन्द्र पोखरेल, तिलोत्तमानगर कार्यपालिका सदस्यएचबी रम्तेल, यमबहादुर थापा, मेखराजपुन, चेतराज पराजुली, कार्यदल सदस्यशिवगौडेल, परामर्श कार्यदलकासिता भट्टराई, शंकर प्रसाद गौतम, हस्त बहादुर हितांग, अर्जुन आचार्य लागायतले शुभकामनामन्तब्य राख्दै जनउत्थान सहकारीले सञ्चालनगर्दै आएकोे सामाजिकतथाआर्थिक र समाज रुपान्तरणका लागि गरेको कार्यको प्रशंसा गरेका थिए । आर्थिक प्रतिबेदननिल प्रसाद पुनले राख्नुभएको साधारणसभामा संस्थाको प्रगतिप्रतिबेदन सचिव सरु रानाले प्रस्तुतगर्नुभएको थियो। गिरि प्रसाद पुनको स्वागतमन्तब्य बात शुरु साधारण सभाको संचालन सचिव सरु रानाले गर्नुभएको थियो। तिलोत्तमा १५ कोटिहवामा मुख्यकार्यालय रहेको सहकारीमाहालसम्म २५ हजार ६५ जना शेयर सदस्य आबद्ध रहेको संस्थाकाब्यबस्थापक रन बहादुर थापाले बताउनुभयो। ।