मंसिर २२ । सामुहिक विकाश बचत तथा ऋण सहकारी सस्था लिमिटेड तिलोत्तमा (३ रुपन्देहिको २४ औं साधारणसभा तथा रजत जयन्ती महोत्सब सम्पन्न भएको छ । सस्थाको आफ्नै प्राङ्गणमा सम्पन्न सो साधारणसभाले २०७५ असारमसान्त सम्मको १ अरब ८३ करोड बराबरको आयब्यय सार्बजनिक गरेको छ । सस्थाका अध्यक्ष चुडामणि खरेलको अध्यक्षता तथा प्रदेश न ५ का उध्योग व्यापार कृषि तथा पर्यटन मन्त्री लिला गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा विभिन्न योगदान पुर्याउने एसईई परिक्षामा उत्तीर्ण , बढी ऋण तथा बचत परिचालन गर्ने सदस्य , असल ऋणि तथा असल बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।
सस्थाको बार्शिक प्रगती प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष खरेलले सस्थाको पुजि तथा ऋण ब्यबस्थापनमा सहायोग गर्ने सबै सदस्यहरुलाई धन्यबाद ज्ञापन गर्दै सस्थाको प्रगतिले स साना उद्दमी देखि ठूलो लगानिका बाताबरण सृजना गर्न सबल रहेको बताए । उनले सहकारिका सात सिद्धान्त माथी सबै सदस्यले उत्तरदायी भै सहकार्य गर्नुपर्ने बताए । सोही अवसरमा बोल्दै प्रदेश न ५ का उध्योग ,व्यापार कृषि तथा पर्यटन मन्त्री लिला गिरिले लघु उद्दमीदेखि महिला उद्दमी , व्यापारी तथा कृषि क्षेत्रमा लगानी गरि समग्र देशकै बिकाशमा पुर्याएको टेवाको सहकारिले उच्छ कदर गरेकोमा धन्यबाद ब्यक्त गरेका थिए । उनले गरिब,किशान, अल्पसंख्यक, महिला तथा सबै तह र समजका उपभोक्तालाई दिदै आएको सहकारी तालिम , प्रबर्द्धनमा पुर्याएको योगदानको प्रशम्शा गर्दै सहकारीले गरेको उल्लेखनिय कार्यको तारिफ गरे ।
त्यस्तै सोही साधारणसभामा बोल्दै नेफस्कुनका सदस्य कृष्ण नेपालले सहकारिको सिद्धान्तमा टेकेर समाजप्रती गरेको कार्य उल्लेखनिय रहेकोले सामुहिकको भविश्य यश क्षेत्रका जनतासङ्ग जोडिएकोले समज बिकाशमा यसले ठूलो फड्को मारेको बताए । त्यस्तै प्रदेश सभा सदस्य डा। कृष्ण न्यौपानेले सहकारिले समग्र जनताको गरिबी अन्त्य गरि समृद्धि र परिचालनमा ठूलो योगदान गरेको प्रती धन्यबाद प्रकट गरेका छन । खुल्ला शत्र र बन्द शत्र गरि दुई चरणमा सम्पन्न साधारणसभामा सदस्य र पदाधिकारी बिच सस्थाका थुप्रै बिशयमा छलफल तथा सुझाब आदानप्रदान भएको थियो । सस्थाका उपाध्यक्ष रुद्र प्रसाद श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु साधारणसभाको सन्चालन दामोदर भुसालले गरेका थिए । हाल ६ हजार ३ सय सदस्य रहेको सो सस्थाको यो बर्श परेको रजतजयन्तीलाई विशेष रुपमा मनाउदै आएको छ । रजत जयन्तिको अवसरमा विभिन्न सामजिक क्रियाकलाप गर्दै आएको सस्थाको रजत जयन्ती मुल समारोह भने आउदो माघ १७ गते गर्ने अध्यक्ष खरेलले बताए ।












