चीन र अमेरिका जलवायु परिवर्तनविरुद्ध थप सहकार्य गर्न सहमत

प्रकाशित मिति:

२५ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनविरुद्ध थप सहकार्य गर्न चीन र अमेरिका सहमत भएका छन् । बुधबार चीन र अमेरिकाले एक सहमति सार्वजनिक गर्दै जलवायु परिवर्तनविरुद्ध सहकार्य बढाउने घोषणा गरेका हुन् । ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा संयुक्त विज्ञप्ति जारी गर्दै चीन र अमेरिकाले यससम्बन्धमा सहकार्य बढाउने घोषणा गरेको अलजजिराले जनाएको छ । समाचारअनुसार मिथेन उत्सर्जन कम गर्ने, वन संरक्षण गर्ने र कोइला प्रयोग नगर्ने विषयमा दुवै मुलुक सहमत भएका छन् ।

जलवायु परिवर्तनसँग जुध्न चालिएका कदम ‘ठोस कार्यसँगै’ दोब्बर पार्ने विषयमा समेत चीन र अमेरिका सहमत भएका छन् । आफूहरूले गरेको सहमतिले पेरिस सम्झौतासम्बन्धी निर्देशिका ९२०१५० र २०२५ का लागि तय गरिएका उत्सर्जन कटौतीका नयाँ लक्ष्यसहित ‘२०२० को दशकमा जलवायुसम्बन्धी गतिविधि बढाउन’ अपिल गरेको पनि दुवै मुलुकको भनाइ छ ।त्यस्तै, दुवै मुलुकबीच भएको सहमतिमा कार्बन न्यूनीकरण ९डिकार्बनाइजेशन०, मिथेन उत्सर्जन कटौती र वन फँडानीविरुद्धको अभियानलाई ठोस तथा व्यावहारिक तरिकाले नियमन गर्न अपिल गरिएको छ ।दुवै पक्षले विद्यमान प्रयास र पेरिस सम्झौताका लक्ष्यबीच अन्तर रहेको कुरालाई आत्मसात गरेका छौं’, जलवायु परिवर्तनका लागि चिनियाँ दूत सी झेङहुवाले बुधबार सहमति सार्वजनिक गर्दै भने, ‘यही भएर हामीले मिलेर जलवायुसम्बन्धी कदम चाल्ने छौं ।’

जलवायु परिवर्तनका लागि अमेरिकी प्रतिनिधि जोन केरीले चीनसँगको सहमतिले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन सफल हुने बताएका छन् ।हामीले कोप(२६ को सफलताका लागि आफ्नो समर्थन व्यक्त गरेका छौं’, केरीले भने, ‘यति बेला हरेक कदमले अर्थ राख्छ र हाम्रासामु लामो यात्रा छ । चीन र अमेरिका विश्वमै सबैभन्दा धेरै कार्बन उत्सर्जन गर्ने मुलुक हुन् । यी दुई मुलुकले समग्र कार्बन प्रदूषणको झण्डै ४० प्रतिशत हिस्सा ओगट्छन् ।