टेक्ससमा मादक पदार्थ सेवन गरेर मारिएका दुई जनाको परिवारलाई ३०१ अर्ब डलरको क्षतिपूर्ति
टेक्ससमा मादक पदार्थ सेवन गरेर चालकको लापरवाहीले गर्दा मारिएका दुई जनाको परिवारलाई ३०१ बिलियन अर्ब डलरको क्षतिपूर्ति टेक्सासको एक निर्णायक मण्डलले गरि दिएका छन । परिवारका वकिलहरू भन्छन्, यो रकम प्रतीकात्मक छ, तर फैसलाको आँखा चिम्लने आकारले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा हुने नतिजाहरूबारे सन्देश पठाउनको लागि हो।
सन् २०१७ नोभेम्बर १२ का दिन ट्याम्रा के किनड्रेड आफ्नी १६ बर्षिय नातिनी औजुनी ट्यामे एण्डरसनलाई सिसी पिज्जामा कामबाट लिएर घर जाँदै थिइन् । उनी टेक्ससको कर्पस कृष्टिको एक चौकबाट गाडी चलाइरहेकी थिइन्, जब एक व्यक्तिले रातो बत्तीमा गाडी चलाएर उनीहरूलाई हिर्काएको थियो। दुर्घटनामा किनड्रेड र एण्डरसनको मृत्यु भएको थियो । अर्को सवारी साधन कारका चालक, जोशुआ डेलबोस्क जसले मादक पदार्थ सेवन गरेका थिए ।
किन्ड्रेड र एन्डरसनको परिवारले डेलबोस्कको लापरवाहीको लागि उनीहरुले त्यहाको मधुशाला बार लाई मुद्धा हालेका थिए । र ,उनीहरुका अनुसार मदिरा बेच्नेले ज्यादै उनीहरुलाई रक्सि दिएकोले मधुशालाका संचालक बिरुद्ध मुद्धा चलाएका थिए । गत सोमबार सुरु भएको छोटो सुनुवाई पछि, एक निर्णायक समिति जूरीले भने किन्ड्रेड र एन्डरसनको परिवारलाई ३०१ बिलियन अर्ब डलर भन्दा बढीको हकदार छ भनि अदालतका कागजातहरूमा उल्लेख गरिएको छ । यो अमेरिकी इतिहासमा सबैभन्दा ठूलो व्यक्तिगत चोटपटकको लागि क्षतिपूर्ति हो। यसअघि, व्यक्तिगत चोटपटक क्षतिपूर्तिमा परिवारलाई दिइने सबैभन्दा ठूलो रकम २०११ मा १५० बिलियन अर्ब डलर रहेको थियो भनि सिएनएनमा उल्लेख छ ।@enepalese.com












