अमेरिकाको टेक्सासमा गोली चल्दा एकजनाको मृत्यु, १४ घाइते

प्रकाशित मिति:

वासिङ्टन, मंसिर २७ । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एकजनाको मृत्यु भएको छ। देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्। घाइते भएका मध्ये एकजनाको घटनास्थलमै मृत्यु भए पनि बाँकी तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरुको भनाइ छ।

सबै घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटना आइतबार राती भएको हो। भिडभाड र हल्ला भइरहेको बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ।