‘राजनीति, मर्दले कमाउने नामर्दले खाने खेल हो’ भन्ने कहावत गणेशमान सिंहका छोरा प्रकाशमानका सन्दर्भमा ठ््याक्कै लागु हुन्छ । नेपाली जनतालाई नयाँ प्रतिबद्धता र उत्साहजनक सन्देश नदिई ‘नेता व्यवस्थापन’ कांग्रेस पार्टीभित्र र सरकारतिर देउवाका कुकृत्यहरूलाई अनुमोदन र उनको कुर्सी थमौती गरेर टुङ्गिएको चौधौं महाधिवेशनमा दुई नेतापुत्र प्रकाशमान र विमलेन्द्र निधि देउवाको डोला बोक्न तयार भए ।
कांग्रेसको सभापति पदको लागि प्रकाशमान सिंह र विमलेन्द्र निधि दुवै उम्मेद्वार भएका थिए । उनीहरूले तेस्रो र चौथो हैसियत कमाए, त्यो पनि गणेशमान सिंह र महेन्द्रनारायण निधिको नाम भजाएको हुनाले ! तर सभापति पदको लागि शेरबहादुर देउवा र डा। शेखर कोइराला दुवैले ५१ प्रतिशतको बहुमत पाउन नसकेर अनिर्णित भएपछि २८ मंसिरका दिन दोस्रो चरणमा सभापतिको लागि निर्वाचन भयो । प्रकाशमान र विमलेन्द्र देउवाको प्रलोभनमा बिके ।
नेपालका नेताहरूका छोराको नाम ‘प्रकाश’ रहेको छ— बीपीको छोरा प्रकाश, मनमोहन अधिकारीका छोरा प्रकाश, गणेशमान सिंहका छोरा प्रकाश, पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा पनि प्रकाश । तर यी कुनै प्रकाश पनि स्वयंमा उम्दा हुन सकेनन् । ‘लोकतन्त्रवादी’ भन्ने त धूर्त पण्डाको रामनामीजस्तो मात्र भयो, ‘नेतापुत्र भएपछि जे गरे पनि हुन्छ, सबै खत माफ’ हुन्छ, हुनुपर्छ भन्ने यिनको मान्यता हो ।मुलुक र पार्टीमा कुनै योगदान नभएका, खाली गणेशमान सिंहको छोरो भएका कारण यिनले सत्ताका ग्यालरी र कोठाचोटामा बसेर तर् मार्न पाउँदै आएका भाग्यमानीको पर्याय हुन् प्रकाशमान । अब चाँडै नै देउवा मन्त्रिमण्डलमा प्रकाश उपप्रधानमन्त्री तथा गृहमन्त्रीका साथै पार्टीतिर पनि इज्जतिलो स्थान पाए भने आश्चर्य मान्नुपर्दैन । हिजो उनले यसैगरी काँग्रेसको महामन्त्री निर्वाचित हुन सके ।
तर गणेशमानजीको छोरो भन्नुबाहेक उनको आफ्नै नेतृत्वजन्य योगदान र व्यक्तित्वका विशेषता चाहिं छैनन् । विगतमै उपप्रधानमन्त्री र राम्रो मन्त्रालय नदिए कोइराला क्याम्प छोडेर देउबा क्याम्पमा जाने सुशील कोइरालासमक्ष घुर्की लगाएरै उनले उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी पाएका थिए । आफ्नो निहित स्वार्थका लागि क्याम्प परिवर्तन गर्नमा यिनी माहिर मानिन्छन् ।पार्टीका कार्यकर्ताहरूसँग प्रकाशमान सिंहको घुलमिल छैन, उल्टो छुचो र अराजनीतिक बोली–ब्यवहार छ । ०६६ साल फागुन ५ गते बुधबार ओखलढुङ्गा र सोलुखोम्बु जिल्लाको विवादलाई लिएर पार्टीको केन्द्रीय कार्यालयमा ती जिल्लाका कार्यकर्ताहरूले प्रकाशमानलाई कुटपिट गरे । प्रकाशलाई ती जिल्लाको विवाद मिलाउने जिम्मा दिइएको थियो, उल्टै उनले गोदाइ खाए । जवाफमा प्रकाशमानले पनि कार्यकर्तालाई हात छोडेको आरोप लागेको थियो ।
प्रकाशमानले २०४८ को आमनिर्वाचनमा काठमाडौं चारनम्बर क्षेत्रबाट कांग्रेसको उम्मेद्वार भएका थिए । तर उनी एमालेकी सहाना प्रधानबाट पराजित भए । त्यो चुनाबमा एमाले लगायतका कम्युनिष्टहरूको आमा–छोरालाई नै टिकट दिएको भन्ने श्याले हुँइयाले निर्वाचनको वातावरण पूरै बिथोलिदियो । २०५१ को मध्यावधि निर्वाचनमा यिनी काठमाडौँकै ३ नम्बर क्षेत्रबाट निर्वाचन लडे, तर उनलाई एमाले अध्यक्ष मनमोहन अधिकारीले लडाइदिए । प्रकाशमान सिंहलाई मन्त्री हुन चुनाब जितिरहनु परेन, उनी २०५२ सालमा शेरबहादुर देउबा मन्त्रिमण्डलमा जनसंख्या तथा वातावरण मन्त्री बनाइए भने २०५६ को आम निर्वाचनपछि कृष्णप्रसाद भट्टराईको मन्त्रिमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री भए ।२०५९ साल साउनमा शेरबहादुर देउबा एण्ड कम्पनीले नेपाली कांग्रेसलाई फुटाएर ‘नेपाली कांग्रेस (प्रजातान्त्रिक)’ गठन गरेपछि उनी सो पार्टीको उपसभापति र देउबा मन्त्रिमण्डलमा भौतिक योजना तथा निर्मााण मन्त्री भए । २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिँदा प्रकाशमान पनि मन्त्री थिए । उनी पनि देउबासँगै हटाइए । २०६२ सालमा प्रकाश दुई हप्ताका लागि पक्राउ परे । सोही वर्ष उनी मेलम्ची खानेपानी आयोजनाको प्रवेशमार्ग ठेक्कामा दिँदा ६२ करोड बिगोको भ्रष्टाचार भएको, भक्तबहादुर कोइराला अध्यक्ष रहेको तत्कालीन विवादास्पद शाही आयोगले ठहर गरेपछि उनलाई पक्राउ गरियो, त्रिपुरेश्वर ९काठमाडौं० स्थित पहरागणमा राखियो, बयान लिइयो, तर उनले बयान दिन इन्कार गरे ।
अर्कातिर सोही मुद्दामा अब बच्ने उपाय छैन भन्ने बुझेपछि सोही भ्रष्टाचारमा मुछिएका तत्कालिन भौतिक योजना तथा निर्माणमन्त्री दिनेशचन्द्र प्याकुरेलले एकाबिहान आत्महत्या गरेर भ्रष्टाचार भएकै हो भन्ने प्रमाणित गरिदिए । प्रकाशको द्रब्यमोहको राम्रो अनुभव गरेका कर्मचारीहरू भन्छन्, आचरण पक्षलाई हेर्ने हो भने यो काण्डमा उनीहरूमाथि लगाएको भ्रष्टाचारको आरोप पुष्टि भयो । शाही आयोगले ९ करोड धरौटी माग ग¥यो । आखिर सर्वोच्च अदालतले शाही आयोगलाई अवैधानिक भनेर खारेज गर्न आदेश दिएपछि आयोग खारेज भयो । प्रकाशमान पनि थुनाबाट छुटे ।पञ्चायत कालमा मार्शल जुलुम शाक्य सभापति रहेकोमा उनलाई जबरजस्ती अपदस्थ गरेर प्रकाशलाई त्यो पदमा राखेपछि यिनको सक्रिय राजनीतिक जीवन सुरु भएको हो । त्यसभन्दा अगाडि यिनले त्रिचन्द्र कलेजमा केही समय प्राध्यापन गरे । मार्शलजुलुममाथि भएको त्यही ‘कू’ को जुलुमको क्षतिपूर्तिस्वरुप उनलाई २०४६सालको जनआन्दोलनबाट गठित अन्तरिम मन्त्रिमण्डलमा सो जनआन्दोलनका सर्बोच्च कमाण्डरबाट क्षतिपूर्ति तथा न्यायस्वरुप निर्माण तथा यातायात मन्त्रालय दिइयो ।
जनआन्दोलन समाप्त भएर बिघटित प्रतिनिधिसभामा प्रकाश अन्तरिम संसदको सदस्य ९सांसद० मनोनित भए । दुई काँग्रेसको एकीकरण भएपछि प्रकाशले प्रजातान्त्रिक काँग्रेसमा पाएको उपसभापति पद एकीकृत पार्टीमा यथावत रह्यो । २०६४ सालमा प्रकाशले बल्ल काठमाडौँ १ बाट निर्वाचन जिते । पार्टीको बाह«ौँ महाधिवेशनमा उनले विमलेन्द्र निधिलाई हराएर पार्टीको महामन्त्री भए । २०१२ सालमा जन्मेका प्रकाशका एक दाजु प्रदीप विदेश ९क्यानाडा० तिर जेटको पाइलट छन् ।२०१७ सालको परिवर्तपछि गणेशमान सिंहले जेल निर्वासन भोग्नुपरेपछि क्षेत्रपाटी ९चाक्सीबारी० को घरमा अञ्चलाधीशले षड्यन्त्र गरेर गणेशमानजीकै भतिजाहरूलाई उचालेर मुद्दा लगाइदियो, आमा मंगलादेवी र दिदीबैनीहरू सबैलाई घरमा बस्न दिइएन, परिवारै स्वयंम्भुमा डेरा लिएर र कुखुरा पालन गरेर गुजारा गर्न बाध्य भयो । त्यो बेला पीएल ९प्रेमलाल० सिंहले सिंह परिवारलाई गरेको दिनदिनको गुनबाट त्यो परिवार आज पनि कृतज्ञ छ र पी।एल।लाई गणेशमान सिंह मंगलादेवीको धर्मपुत्रका रुपमा मान्छ ।तथ्याङ्कशास्त्रमा एम।एस्सी गरेका प्रकाशमान सिंह पनि पाइलट कोर्श गर्न विदेश जान चाहन्थे । तर पञ्चायती शासनले उनलाई पासपोर्ट दिएन । त्यो पासपोर्ट नपाएको हुनाले भीम शम्शेरको दरबारका बडाकाजी रत्नमानको पनाती प्रकाशमान आज पनि सत्तामै झुम्मिरहेका छन् । काँग्रेसको चौधौं महाधिवेशनको दौरानमा प्रकाशले आफ्नो मुखमा स्वयंले अलिकति कलंक र दुर्गन्ध पोतेर भए पनि लोभ–पाप र धोको स्वार्थी राजनीति जो गरेका छन् ।#साभार











