तीन दिनपछि ओरालो लाग्यो सेयर बजार

प्रकाशित मिति:

आज सेयर बजार घटेको छ। बुधबार सेयर बजारको परिसूचक ३०.५१ अंकले घटेर २,८०३.६२ पुगेको छ।दिनभरीमा २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० सेयर किनबेच हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँको कारोबार भएको छ। कारोबार भएका कुल कम्पनीमध्ये १५८ कम्पनीको मूल्य घटेको छ भने जम्मा २९ कम्पनीको मूल्य बढेको छ। बाँकी ३ कम्पनीको मूल्य भने स्थिर छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये ३ उपसमूहको सूचक सकारात्मक देखिएको छ। बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ।त्यस्तै, आज कर्पोरेट विकास बैंक र निफ्राको मूल्य १० प्रतिशत बढेको छ। यता नारायणी विकास बैंक र मध्य-भोटेकोशी जलविद्युत कम्पनीको सेयर ९.९८ प्रतिशतले बढेको छ।नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेपाल(बंगलादेश बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २८ करोड ६९ लाख ९९ हजार ३८५ रुपैयाँ ६० पैसाको कारोबार भएको हो।

यसपछि, हाइड्रोइलेक्ट्रिसिटी लगानी एवम् विकास कम्पनीको २७ करोड ६१ लाख ९९ हजार ८८९ रुपैयाँ ७० पैसामा, अपि पावर कम्पनीको २४ करोड ७० लाख १ हजार ७०२ रुपैयाँ १० पैसामा, अपर तामाकोशी हाइड्रोपावरको २२ करोड ७२ लाख ६ हजार ८९९ रुपैयाँ १० पैसा र नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ८० लाख ८४ हजार २६१ रुपैयाँ ८० पैसामा कारोबार भएको छ।

थप समाचार