वाशिंगटन डिसीको एनाकस्टियामा गाडीमा आएर ३ जनालाई गोली प्रहार

प्रकाशित मिति:

अमेरिकाको राजधानी वाशिंगटन डिसीको मुख्य शहर बीच रहेको एनाकस्टियामा गाडीमा आएर ३ जनालाई गोली प्रहार गरिएको डिसी महानगर प्रहरीले जनाएका छन् । कसैलाई जानकारी भएमा प्रहरीलाई सम्पर्क गर्न भनिएको छ। गत बुधवार दक्षिणपूर्वी डिसीमा ३ जना मानिसलाई गोली हानिएको प्रहरी अधिकारीहरूले बताए । प्रहरीहरुले गोली चलाउने व्यक्तिलाई खोजिरहेको जनाएका छन् ।

अधिकारीहरूले दक्षिणपूर्व डिसीको एनाकस्टियाको गुड होप रोड सडकको १४०० भवन समूहमा सवारी साधन कारमा चढेर आएकाले साँझ करिव ७ एक सुविधा पसल नजिक धेरै गोली चलाएको बताए। चिकित्सकहरूले दिएको जानकारी अनुसार एक जना पुरुषलाई गम्भीर अवस्थामा अस्पताल पुर्‍याएको छ । अन्य दुई जनाको अवस्था भने खुल्न सकेको छैन । डिसी प्रहरीले पीडितको उमेर र नाम सार्वजनिक गरेको छैन भनि एनबिसि४ ले समाचार लेखेको छ । समुदायका मानिसहरूसँग कुरा गर्दा प्रहरीले उक्त क्षेत्रमा जाँच र अनुसन्धानको लागि डोरीले उक्त इलाका बन्द गरेका छन् ।@enepalese.com