आज नेप्सेमा हरियाली, १७९ कम्पनीको बढ्यो मूल्य

प्रकाशित मिति:

बिहिबार सेयर बजार बढेको छ। आज नेप्से परिसूचक ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेको छ।आज १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटाको मूल्य घटेको छ। बाँकी २ कम्पनीको मूल्य भने स्थिर छ।दिनभरमा २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६७ रुपैयाँ ७६ पैसाको कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक सकारात्मक देखिएको छ। त्यसमध्ये सबैभन्दा धेरै फाइन्यान्सको ३.६७ अंकले बढेको छ भने इनभेस्टमेन्टको ३.२९ अंकले बढेको छ।आज मध्य(भोटेकोशी जलविद्युत कम्पनीको मूल्य ९.९८ प्रतिशत बढेको छ। यता माउन्टेन हाइड्रो नेपाल लिमिटेडको ९.४४ र कर्णाली विकास बैंकको सेयर ९.३५ प्रतिशतले बढेको छ।

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज अपर तामाकोसीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार २४५ रुपैयाँ ७० पैसाको कारोबार भएको हो।यसपछि, अपि पावर कम्पनीको २३ करोड २३ लाख ३० हजार ९७० रुपैयाँमा, निफ्राको २२ करोड २९ लाख ११ हजार ७१७ रुपैयाँ ९० पैसामा, हाइड्रो इलेक्ट्रिसिटी लगानी एवम् विकास कम्पनीको २१ करोड ९४ लाख ६४ हजार ६६८ रुपैयाँ २० पैसा र हिमालयन डिस्टिलरी लिमिटेडको १४ करोड ४४ लाख ९२ हजार ३३४ रुपैयाँमा कारोबार भएको छ।

 

थप समाचार