अर्थमन्त्री शर्मा भन्छन्, ‘चुनावका लागि मात्रै रु. ५० अर्ब बजेट माग छ’

प्रकाशित मिति:

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी चुनावका लागि मात्रै रु. ५० अर्ब बजेट माग रहेको बताएका छन् । विहीबार आर्थिक वर्ष २०७८/७९को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले चुनावका लागि मात्रै रु. ५० अर्ब बजेट माग रहेको बताएका हुन् ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको उनले बताए । बाँकी बजेट के–कसरी ब्यवस्थापन गर्ने, भन्नेबारे अध्ययन भइरहेको बताउँदै उनले भने, ‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं । स्रोत व्यवस्थापनमा चुनौती छ ।’

त्यसोत, सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरिसकेको छ । जसका लागि निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ ।त्यसबाहेक सुरक्षा व्यवस्थापनमा ठूलो खर्च लाग्ने अर्थमन्त्री शर्माको भनाइ छ । जसका लागि सुरक्षा निकायसँग सरकारले छलफल गरिरहेको बताइएको छ ।