चैत, काठमाडौं । चीनमा गत सोमबार दुर्घटना भएको विमानको ब्ल्याक बक्स भेटिएको छ । उद्दारकर्ताले दुर्घटनाग्रस्त चाइना इस्टन एयरलाइन्सको ब्ल्याक बक्स भेटिएको बताएका हुन् । ब्ल्याकबक्स फेला परेसँगै विमान दुर्घटना हुनुको कारण पत्ता लाग्ने अनुमान गरिएको छ ।गत सोमाबार एक सय ३२ जना यात्रु बोकेको विमान दक्षिण-पश्चिम चीनमा दुर्घटना भएको थियो । बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटना भएको हो ।
दुर्घटनालगत्तै उद्दार टोली घटनास्थलमा पुगेर खोजी तथा उद्दारको प्रयास गरेका थिए । तर विमानमा सवार कुनै पनि यात्रु जीवित फेला परेका छैनन् ।विमान दुर्घटना हुनुमा मौसमसम्बन्धी कारण नभएको पनि सरकारी अधिकारीले बताएका छन् । चीनको नागरिक उड्डयन विभागका निर्देशक माओ याङफेनले बुधबार पत्रकारसँग कुरा गर्दै दुर्घटनाका बेला मौसम राम्रो रहेको र अन्य अवस्था खतरनाक नभएको प्रस्त पारेका हुन् ।












