तिलोत्तमा, २४ फागुन । एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था तिलोत्तमा मंगलापुरले गुल्मी क्षेत्रका आफ्ना सदस्यहरुसँग भेटघाट तथा छलफलअन्तक्र्रिया गरेको छ ।गुल्मीको बलेटक्सार पुगेको सहकारीको टोलीले आफ्ना गुल्मी क्षेत्रका सदस्यहरुसँग भेटघाट गरी सहकारीका योजना तथा कार्यक्रमबारे छलफल गरेको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए । त्यस अवसरमा सहकारीका नीति, सिद्धान्त, कार्यक्रम तथा योजनाका बारेमा जानकारी गराइएको थियो ।
त्यस अवसरमा सहयोगी बचत तथा क्रृण सहकारी संस्था र कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग छलफल गरी सहकारी एकीकरण सम्बन्धी प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको वरिष्ठ व्यवस्थापक ज्ञवालीले जानकारी दिए ।तीनवटा सहकारी संस्थाका बीचमा एकीकरण गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको हो । छलफलका क्रममा एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष तारानाथ कंडेल, सचिव निरज कंडेल, सल्लाहकार बेदप्रसाद कंडेल लगायतले सहकारीका गतिविधिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवी पाण्डे र सहयोगी बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष यमबहादुर क्षेत्रीले समेत आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य गुल्मी क्षेत्रका सदस्य बाबुराम ज्ञवालीले गरेका थिए ।












