काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचारप्रसार उपसमिति सदस्यमा क्यानाडाबाट तीन जना मनोनित भएका छन।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियानलाई प्रभावकारी बनाउन पूर्व आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख ९आनन्द० विष्टको संयोजकत्वमा स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन हुँदा क्यानाडाबाट जन संपर्क समितीका सभापति बुद्दी प्रकाश ओली, माहमन्त्री बनस्त कार्की र सदस्य कृष्ण रेग्मी उपसमिति सदस्यमा मनोनित भएका हुन ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा। प्रकाशशरण महतको सभापतित्वमा चैत २२ गते बसेको समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत निर्वाचनलाई प्रभावकारी बनाउन उक्त समिति गठन गर्ने निर्णय गरेको थियो ।













