शाइन रेसुंगाको कावासोती शाखा शुभारम्भ

प्रकाशित मिति:

बुटवल, जेठ २३ । शाइन रेसुंगा डेभलपमेण्ट बंैंक लिमिटेडको नयां शाखा संचालनमा आएको छ । पुर्वी नवलपरासीको कावासोती नगरपालीका ३, सभापती चोकमा बैंकको नयां शाखा शुभारम्भ भएको हो । शाखाको सोमवार एक कार्यक्रमका बीच क्षेत्र न २ का प्रतिनिधी सभा सदस्य तिलक महतले उद्घाटन गरे । उनले गण्डकी प्रदेशमै नवलपुर विकासोन्मुख जिल्ला भएकाले वित्तिय संस्थाको राम्रो पकड हुन सक्ने बतँए । नवलपुरको कावासोतीमा शाखा संचालनमा ल्याएको शाइन रेसुंगा लाई शुभकामना दिंदै उनले ग्रामिण क्षेत्रको विकासका निम्ति बैंकले खेल्ने भुमिका अत्यन्तै महत्वपुर्ण हुने बताए ।

गणतन्त्र स्थापना भएपछि जनतालाई सेवा प्रभाह गर्न खुलेका वित्तिय संस्थाको कर प्रभाह प्रणलीले मानिस रोजगारोन्मुख भएका छन्, उनले भने, यो गणतन्त्रको सुन्दर पक्ष हो । उनले धेरै वित्तिय संस्था स्थापना भएको देशको केन्द्र भागमा रहेको नवलपुरमा कृषि, पर्यटन र उद्योग तीनवटै क्षेत्रबाट वित्तिय संस्थाले लाभ लिन सक्ने र जनतालाई सुविधा दिन सक्ने वातावण तयार भएको उनले जनाए । साथै महतले वित्तिय संस्था खोलेर पैसाको कारोबार मात्र गर्ने नभई कति मानिसलाई रोजगारी दिन सकियो, कतिलाई प्रवास जाने अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि रोक्न सक्यौं भन्ने कुरा महत्वपुर्ण रहने भनाई राखे । नवलपुरमा ठुला उद्योग खुल्ने योजना समेत अघि बढीरहेकाले वित्तिय संस्थाले ती उद्योगलाई साथ दिन सके बैंकलाई उचित तरिकाले अगाडि बढाउन सकिने उनले बतँए । शहरभन्दा पनि ग्रामिण क्षेत्रमा बैंकले किसानदेखि व्यावसायी र उद्योगीलाई साथ दिई विकासमा सघाउन उनले सुझाए । त्यस्तै, उद्यमशिलताको विषयमा समेत बैंकले साथ दिने अपेक्षा व्यक्त गरे ।

त्यस्तै, कावासोती नगरपालीकाकी उपप्रमुख फुलकुमारी थनेतले बैंक खुल्नु ठुलो कुरा नभएकाले सेवाग्राहीले बैंकमा आउंदा पाउने प्रतिक्रिया र सेवाले सेवाग्राही आकर्षित हुने भएकाले सो अनुसार अघि बढ्न सुझाइन् ।कार्यक्रममा बोल्दै कावासोती नगरपालीका वडा न. ३ का अध्यक्ष डोरमान गिरीले वित्तिय संस्थाले सामाजिक कार्यमा पनि चांसो देखाउनुपर्ने बताए । उनले बैंकले सक्ने क्षेत्र जस्तै, युवा रोजगारमुलक कार्यक्रम, छात्रवृत्ति कार्यक्रम, महिला उद्यमशिलता लगायतमा पनि लगानी गरी आफ्नो पहिचान बढाउन सक्नुपर्ने जनाए ।

उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डांसुराम पोखरेलले घरैपिच्छे बैंक भइरहेको अवस्थामा शाइनले अब आउने उद्योगी, व्यावसायी तथा हरेक तह र तप्काका ग्राहकलाई दिने सेवा अनय बैंकको तुलनामा महत्व राख्ने खालको हुनुपर्ने जनाए । उनले व्यावसायीलाई लगानी गर्न सक्ने वातावरण सृजना गर्नुपर्ने भन्दै लगानी वृद्धिका लागि सस्तो व्याजदरमा क्रृण प्रवाहको सुविधा दिन सक्नुपर्ने बताए ।सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले शाइन रेसुंगा बैंकले नवलपुरका ग्राहकलाई गुनासो गर्ने बाटो नराख्ने प्रतिबद्धता जनाए । देशैभरि रहेका वित्तिय संस्थाको लगानी अन्यौलमा रहेका बेला शाइन रेसुंगालाई लगानीको सन्दर्भमा कुनैपनि समस्या नरहेको उनले जानकारी दिए । पौडेलले बैंक जनसरोकारका विषयमा समेत चांसो राख्दै सामाजिक उत्तरदायित्व बहन गर्दै अघि बढ्न तयार रहेको बताए । बैंकलाई अघि बढाउने क्रममा नवलपुरका हरेक संघसंस्था तथा नागरिकको साथ र सहयोग आवश्यक पर्ने उनले बताए ।

बैंकका अध्यक्ष थानेश्वर पौडेलले जनता, समाज र जिल्लाको विकास भए वित्तिय संस्थाको विकास सम्भव भएको बताए । उनले नवलपुरको विकास हुंदै गर्दा त्यसतर्फ बैंकको चांसो रहनु स्वभाविक भएको भन्दै जिल्लाको व्यापार, व्यवसाय, पर्यटन, उद्योग, समाज प्रवद्र्धनमा बैंकको तर्फबाट हुने सहयोगका लागि तत्पर रहेको भन्दै बैंकलाई अब्बल साबित गर्न आफ्नो टिम लागिपर्ने बताए । अधिकृत पुँजी ५ अर्ब, जारी तथा चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको बैंकको निक्षेप ४१ अर्ब १३ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको छ भने ५ लाख १५ हजार बढी निक्षेपकर्ता र १४ हजार ५ सय बढी ऋणी रहेका छन् ।