अमेरिकामा धेरै काम कम चर्चामा गोमा अधिकारी

प्रकाशित मिति:

अमेरिकामा पनि नेपालीहरुले सामाजिक काम गरेर राम्रो नाम कमाएका छन् । कडा मेहनत, समयको सदुपयोग, दैनिक काम गरेर पनि केही नेपालीहरु समाजका लागि केही न केही गरिरहेका छन्, जुन नेपालमा समेत देख्न सकिन्छ उनीहरुको काम । यसरी औंलामा गन्न सकिने नेपाली सामाजिक अभियान्ताहरुमा गोमा अधिकारी पनि एक हुन्, जो अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियाको सान फ्रान्सिस्को सहरमा बस्दछिन् । नेपाल घर चितवनकी गोमा एक सफल गृहणी हुन् । उनी समाजका ऐना हुन् जो दियोजस्तै आफू जलेर अरुलाई उज्यालो प्रकाश छरिरहेकी छन् समाज सेवामार्फत् ।

दैनिक आफ्नो घर परिवार हेरेर १२–१४ घन्टा काम गर्ने गोमा नेपाली समुदायलाई कसरी सहयोग गर्न सकिन्छ भनेर हरपल सक्रिय हुन्छिन् । कोहीकोही इस्याले जल्छन् कोही दिदी हामीलाई साथमा लानु न भन्छन् । उनी भन्छिन्– समाजसेवामा हतपत कोही कसैको मन गाडिदैन । त्यसमा प्रतिबद्धता, निरन्तरता अनि अठोट चाहिन्छ ।गोमाको अनुभव छ– सामाजिक काम गर्न पहिले घर परिवार आफ्नो श्रीमानलाई सम्झाउनु पर्छ । जो अहिले मलाई सबैको साथ र सहयोग छ । म खुशी छु । नेपालमा कोही विरामी होस्, अस्पतालमा छटपटाएको व्यक्ति जोसुकै होस् त्यो देखेपछि गोमालाई केही गरौं गरौं लाग्छ । अनि हतपत सहयोग पठाइहाल्छिन् । उनी अगाडि भन्छिन, मानव जो भए पनि सबैको आत्मा एउटै हो, उसलाई सहयोग गर्नुपर्छ । मानव सेवा नै ठूलो सेवा हो भन्ने उनको मूलमन्त्र रहेको छ ।

नेपालमा बाढीपहिरो आउँदा होस् आग्लागी, भूकम्प आउँदा गोमाको सक्रियतामा राहत सहयोग तुरुन्त पुर्‍याउने काम हुन्छ, जो पीडितहरुको दुखेको मनमा केही न केही भरथेग हुन्छ । त्यसो त सनफ्रान्सिस्को र छेउछाउ बस्ने नेपालीहरुलाई जुनसुकै समस्या पर्दा पनि समाधान गरी दिने गोमाले त्यहाँ पुग्ने नेपालीहरुलाई मन वचनले सहयोग गर्ने गर्छिन् ।अमेरिका आउनेहरु कोही पनि काम बिना बाँच्न त सक्दैन तर गोमाले उनीहरुलाई राम्रो सल्लाह सुझाव दिने गर्दछिन् । कोही अस्पतालमा छ भने भेट्ने सहयोग गर्ने गर्दछिन् । तिनी गोमाको पहलमा धेरै नेपाली मृतकहरुको लास नेपाल पठाउने काम गरेकी छन् । यहाँ पनि व्यवस्थापनमा सहयोग गरेकी हुन्छिन् । प्राय: अमेरिका आउने नेपालीहरु खास गरी यहाँ जन्मेका हुर्केका बच्चाहरुले भाषा, कला र खानपान बिर्सदै गएका छन् । तिनको जगेर्ना गर्न गोमा दत्तचित्तले लाग्ने गर्दछिन् ।

हरेक नेपालीको जिब्रोमा झुण्डिने गरेको सेलरोटी गोमाले पकाउने गर्दछिन् । अरुलाई पनि सिकाउँछिन् र भन्छिन–आफ्नो जन्मदिने बाबुआमाजस्तै कला संस्कृति र खानपान बिर्सनु हुन्न । सायद सनफ्रान्सिस्को र छेउछाउमा रहने बस्ने नेपालीले गोमाले बनाएका सेलरोटी सबैले खाएका छन् ।गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिका, जनसम्पर्क समिति अमेरिकालगायतका धेरै संघसंस्थामा आबद्ध गोमाबाट अमेरिकालगायतका अरु देशमा बस्ने नेपालीले सिक्न जस्री छ । आम नेपालीलाई सहयोगको हात बढाउने गोमाजस्ता सामाजिक अभियान्ताहरुलाई सम्मान गर्न सिक्नुपर्छ– स्थानीय समुदायले । आधा आकाश ढाक्ने महिलाहरु कोही हवाइजहाज उडाउँछन् कोही रेल कुदाउँछन् ती सबै शिक्षाले गर्दा हो । त्यसैले नेपालीहरुले पनि शिक्षामा जोड दिनुपर्छ उनको जोड छ । संसारको धेरै धनी मानिस बस्ने अमेरिकामा सिप ज्ञान र प्रविधिले गर्दा विकास हुन सम्भव भएको बताउने गोमा नेपाली अमेरिका आउनुभन्दा पहिले प्राविधिक ज्ञान सिकेर आउनुपर्ने सुझाव उनको छ ।