हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद जारी गर्ने

प्रकाशित मिति:

हिमाल दोलखा हाइड्रोपावर (HDHPC)  ले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर जारी गर्नको लागि आगामी साधारणसभामा प्रस्ताव लैजाने भएको हो।

कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात १ बराबर ०:७५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न लागेका हो। हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते लिसारा हल नक्सालमा साधारणसभा बोलाएको छ। सभामा हकप्रदमार्फत पूँजी बृद्धि गरी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउन प्रस्ताव लैजाने भएको छ।