लायन्स क्लब अफ बुटवल लोटस द्वारा ओरिन्टेसन तथा फलफुलका बिरुवा बितरण कार्यक्रम
लायन्स क्लब अफ बुटवल लोटस द्वारा आयोजित ओरिन्टेसन तथा फलफुलका बिरुवा बितरण कार्यक्रम शुक्रबार बुटवलमा सम्पन्न भएको छ। डिस्टृक गभर्नर नवराज न्यौपाने प्रमुख अतिथी, डिस्टृक ट्रेजरर माधव न्यौपाने र एमएफ्जे सन्दीप कसौधन बिशिस्ट अतिथी तथा एरिया चिफ माधब खनाल, एक्सटेन्सन तथा रिजन चियर पर्सन बिनेश बज्राचार्य र जोन चियर पर्सन सोनाली गुरुङ अतिथी रहेको कार्यक्रममा कागती, मेवा लगायत विभिन्न जातका फलफुलका बिरुवाहरु सहभागिहरुलाइ हस्तान्तरण गरिएको थियो।
सो कार्यक्रमका बक्ताहरुले वातावरण को संरक्षण तथा हाल समाजमा फैलिरहेका कोभिड तथा डेङु लगायतका सरुवा रोगहरुलाइ मध्यनजर गर्दै यस्ता बिरुवा बाँढेकोमा क्लबको प्रशंसा गर्नुभयो। यसै गरि ओरिन्टेसन कार्यक्रममा प्रमुख अतिथी एमएफ्जे सन्दीप कसौधन, एक्सटेन्सन तथा रिजन चियर पर्सन बिनेशमान बज्राचार्य तथा एरिया चिफ माधब खनाल तथा जोन चियर पर्सन सोनाली गुरुङले सहजीकरण गर्नुभएको थियो। प्रिती श्रेष्ठले संयोजन गरेका दुबै कार्यक्रम लायन्स क्लब अफ बुटवल लोटसका अध्यक्ष सुशिला आचार्यको अध्यक्षता तथा सचिब सुशिला ज्ञवाली पौडेलको संचालनमा सम्पन्न भएका थिए।












