अर्थ सचिव मधु मरासिनीको सरुवा

प्रकाशित मिति:

काठमाडौं, साउन १९ – अर्थ सचिव मधु मरासिनीको सरुवा भएको छ ।उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको स्रोतले जानकारी दियो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।यसअघि अर्थ मन्त्री जनार्दन शर्माका कारण उनी बिदामा बसेका थिए । उनी बिदामा बसेपछि मन्त्री शर्माले राजीनामा दिएका थिए ।