जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका पदाधिकारी र न्युयोर्क सिटी मेयरको अन्तर्राष्ट्रीय समन्वय विभागवीच भेटघाट एवं छलफल ।

प्रकाशित मिति:

३ अगष्ट २०२२,म्यानह्याटन न्युयोर्क-गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरका पदाधिकारीहरुको र न्युयोर्क महानगर अन्तर्राष्ट्रीय समन्वय विभागाका डिपुटी कमीस्नर श्री दिलीप चौहानबीच विभागको न्युयोर्क म्यानह्याटनस्थित कार्यालय २ युएन प्लाजामा सौहार्दपूर्ण भेटघाट एवं छलफल सम्पन्न भयो। सो अवसरमा फाउन्डेशनका अध्यक्ष श्री सोमनाथ घिमीरे, उपाध्यक्ष श्री सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य श्री रामचन्द्र अधिकारी र कार्यसमिति सदस्यहरु क्रमश श्री सुर्य सिंखडा र श्री ध्रुव कुँवर क्षेत्री उपस्थीत हुनुहुन्थ्यो।

वहाँहरुलाई डिपुटी कमीस्ननर श्री चौहानले कार्यालयमा स्वागत गरी नेपालको सामाजिक,आर्थिक,राजनैतिक एवं समसामयिक परिस्थितिबाारे जानकारी लिनुभएको थियो। वहाँलाई संक्षेपमा जानकारी गराउँदै फाउन्डेशनका अध्यक्ष श्री घिमीरेले नेपालका केही नगरहरू विश्वकै राजधानी मानीने न्युयोर्क महानगरसँग भगिनी नगरको रुपमा आबद्ध भै आपसमा सामाजीक, संस्कृतिक,पर्यटकीय लगायतका बिषयहरूमा अनुभव एवं प्रविधी आदान(प्रदान गर्न तीब्र ईच्छुक रहेको र सोका लागी क्षेत्रगतरूपमा पुर्वदेखी पश्चीम नेपालसम्म समेटीने गरी केही नगरपालिकाहरूसँग यस्तो सम्बन्ध स्थापित गराई सहयोग गरीदिनुहुन आग्रह गर्नुभयो ।

सो अवसरमा डिपुटी कमीस्नर श्री चौहानले आफुहरू नेपालजस्तो विकासोन्मुख देशको प्रगती र उन्नतिका लागी सक्दो सहयोग गर्न तयार रहेको, गिरीजाप्रसाद कोईराला फाउन्डेशनसँग न्युयोर्क शहरमा कोरोना महामारीमा आफुहरू सँगै खटेर काम गरेको र फाउन्डेशनको गतिशील तथा जुझारू टीमले विगतमा समाजका लागी गरेको कामको उच्च मूल्यांकन गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो। आगामी दिनहरूमा पनी फाउन्डेशन ठोस् योजनासहित अगाडी बढ्न अनुरोध गर्नुभयो। सोही अवसरमा उपाध्यक्ष लामाले नेपालका नगरहरुमा आधुनिक प्रविधीयुक्त विकासको लागी न्युयोर्कको सहयोग महत्वपूर्ण हुनेकुरामा जोड दिनुभयो। प्रवक्ता अधिकारीले नेपाल हिमालको राजा देश भएको र यहाँ पर्यटन प्रवर्द्धन गरी उल्लेखनीय पर्यटकहरू भित्र्याउन सकेमा दिगो विकास गर्न सकिने कुरामा जोड दिनुभयो। यसैगरी सदस्यद्वय सुर्य सिंखडा र ध्रुव क्षेत्रीले नेपालको विकासमा न्युयोर्क शहरको सानो सहयोग पनी महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो।