जनसम्पर्क समिति साइप्रसको दोस्रो अधिवेशन सम्पन्न

प्रकाशित मिति:

काठमाडौं । नेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आइतबार साइप्रसको राजधानी निकोसीयस्थित आरबी कम्प्लेक्सको सभा हलमार्फत् भर्चुअल माध्यमबाट अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आथित्यता रहेको थियो ।  कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय लगायत पार्टीका केन्द्रीय नेता, विभिन्न जनसम्पर्क समितिका सभापतिहरु तथा काँग्रेसको विभिन्न प्रदेश तथा जिल्ला समितिका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली जनसम्पर्क समिति कतारका पूर्व अध्यक्ष नरेन्द्र भाट केन्द्रीय प्रतिनिधिको रुपमा प्रतिनिधित्व गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसको नेटवर्कलाई विश्वभर पुर्याउन जनसम्पर्क समितिहरुको भूमिका अपरिहार्य भएको भन्दै आसन्न निर्वाचनमा काँग्रेसलाई जिताउन जनसम्पर्क समितिहरुलाई प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका थिए ।त्यस्तै, महामन्त्री थापाले जनसम्पर्क समितिहरुले सम्बन्धित देशमा रहेका नेपाली काँग्रेसलाई मात्रै संगठित गर्न नभइ स्वतन्त्र रुपमा रहेका व्यक्तिलाई समेत समितिमा गोलबद्ध गरी नेपाली काँग्रेसप्रति सद्भाव राख्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताए ।कार्यक्रममा समितकी सभापति ९हाल निवर्तमान० सीता अर्यालले पार्टीलाई बलियो बनाउन जनसम्पर्क समितिको भूमिका महत्वपूर्ण भूमिका हुने भन्दै पार्टीको केन्द्रीय समितिमा समेत जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुलाई समेत पार्टीको केन्द्रीय समितिमा उम्मेदवार बन्न पाउने व्यवस्था गर्न आग्रह गरिन् ।

अधिवेशनले पुष्पा मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित समेत गरेको छ । निर्वाचित समितिको उपसभापतिहरुमा कुर्चुङ होल्मो लामा, पेम्बा ओमु लामा, महामन्त्रीमा लक्ष्मी काफ्ले, सहमहामन्त्रीहरुमा लक्ष्मिता गुरुङ, मनिषा राई कार्की, उर्मिला भट्टराई र रामसुन्दर यादव एवं कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद अधिकारी, प्रविनकिशोर धामी, सुवास भण्डारी, अम्बिका सिग्देल, अभय आचार्य, पदम बहादुर रेशमी र सीमाना लिम्बु छन् । अव सभापतिले १ जना महामन्त्री, १ जना कोषध्यक्ष र ४ जना सदस्यसहित ६ जना मनोनित गर्नेछिन् । उक्त समितिको कार्यकाल ३ वर्षको हुनेछ ।२०७४ सालमा गठित समितिले यसअघि २०७५ मा पहिलो अधिवेशन गरेको थियो । अगष्ट ११ तारिखमा निर्वाचित समितिको कार्यकाल सकिँदै थियो । कार्यकाल सकिनुअघि नै समितिले दोस्रो अविवेशन गरेर नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनले सभापति पुष्पा मिश्रसहित ३ जनालाई नेपाली काँग्रेसको महासमिति सदस्यको रुपमा मनोनयन गरेको छ । त्यसरी मनोनयन हुनेहरुमा सीता अर्याल र कुवेरसिंह मन्थाल रहेका छन् । त्यस्तै, थप ४ जनालाई महाधिवेशन प्रतिनिधिको रुपमा समेत मनोनयन गरिएको छ