अर्जुनचौपरीमा माछापुच्छ्रे« बैंकको १६८ औ शाखा

प्रकाशित मिति:

स्याङ्जा- माछापुच्छ«े बैंकले १६८ औं शाखा अर्जुनचौपारी गाउँपालिका १ मा सुरुवात गरेको छ । बैकले १६८ औ शाखा रहित बैकिङ् सेवा सुचारु गरेको बैंकका डिजिटल बैकिङ् नायब प्रमुख बिनय रेग्मीले जानकारी दिए । एक डिभाइसको माध्यमबाट शाखा रहित बैकिङ् सेवाले रेमिट्यान्स पाउन, खाता खोल्न, पैसा जम्मा तथा झिक्न र लगानी गर्नुका साथै फोन पे सेवा समेत दिनेछ । ८० प्रतिशत वित्तिय सेवा प्रवाह दिने उदेश्यले सुरु गरिएको यो बैंक कर्मशियलका रुपमा दोस्रो हो । यस भन्दा अगाडी राष्ट्रिय बाणिज्य बैंकले सेवा दिदै आएको थियो ।
बैंकको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले छिटो र छरितो बैकिङ् सेवा दिने उदेश्यले शाखा रहित सेवा पालिकामा ल्याएको बताए । हरेक गरिब तथा निम्न आयस्तर भएका नागरिकलाई शेयरबजारको माध्यमबाट आर्थिक आर्जन गराउने उदेश्य आफ्नो रहेकोले अध्यक्ष तिवारीले अर्जुनचौपारीको माछापुच्छ«्रे बैकको बैकिङ् सेवामा डिम्याट खाता खोल्न र आइपिओ भर्न कुनै थप पैसा खर्च गर्न नपर्ने बताए । बैंकका सीबीओ अजय आचार्यले शाखा रहित बैकिङ् सेवा सरल र सहज सेवा हुने बताउदै बैकिङ् प्रतिनिधीले घर घरमा पुगेर सेवा दिन सक्ने विश्वास दिलाए ।

शुभारम्भ कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ्, वडा अध्यक्ष रण बहादुर थापा, बैकिङ् सेवाका प्रतिनिधी टोप बहादुर क्षेत्रीले ग्रामिण क्षेत्रमा बैकिङ् सेवा पाउनु पनि महत्वपुर्ण हुने बताए ।यसै विच बैंकले भीरकोट नगरपालिका १ छाङछाङदी मन्दिरमा क्युआरपे मार्फत दान दिन मिल्ने ब्यवस्था गरिएको छ । माछापुच्छ«्रे बैक वालिङ शाखाले मन्दिर ब्यवस्थापन समितिको सहकार्यमा क्युआरपे मार्फत दान दिन मिल्ने ब्यवस्था गरेको हो ।क्युआरपेको शुभारम्भ गर्दै भीरकोट नगरपालिका प्रमुख गोबिन्द कुमार कर्माचार्यले क्युआरपे राखेर बैकले धार्मिक स्थलमा दान गर्न सहज बनाएकोमा बैंकप्रति आभार व्यक्त गरे । बैकले दर्शनार्थीले गरेको दान नबिग्रियोस र पारदर्शी बनोस भन्ने हेतुले क्युआर पे मन्दिरमा राखेको बैकका शाखा रहित बैकिङ् सेवाका इन्चार्ज बिकास श्रेष्ठले बताए । अबिर र पानीले राज्यको ढुकुटी बिग्रने देखेर मन्दिरमा क्युआरपे कार्यक्रम बैकले अगाडी सारेको श्रेष्ठले बताए ।