अपर हेवाखोलाको शेयर नेप्सेमा सूचीकृत,

प्रकाशित मिति:

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड (UHEWA) को साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ५० लाख कित्ता शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणलाई निष्काशन गरेको १५ लाख कित्ता,आयोजना प्रभावितलाई निष्काशन गरेको ५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३० लाख गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेमा न्युनतम १०० रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा भोलि बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । नेप्सले कम्पनीको शेयरलाई युएचईडब्लुए (UHEWA) कारोबार संकेत प्रदान गरेको छ ।