परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौं, साउन २५ – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा। नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।चीनको साङदोङ प्रान्तको छङ्दाओ सहरमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

छलफलमा यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल भएको छ । काठमाण्डौ चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा–छहरे सुरुङ मार्ग र काठमाण्डौ–केरुङ रेल मार्गको विषयमा चीनसँग छलफल भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै हिजो चीनको साङदोङ प्रान्तको छङ्दाओ सहर पुगेका हुन् ।