वालिङ १३ मा पुर्व वडा अध्यक्ष मृत अवस्थामा भेटिए

प्रकाशित मिति:

स्याङ्जा- वालिङ १३ गाहाखोलामा पुर्व वडा अध्यक्षको मृत लास भेटिएको छ । स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित वडा अध्यक्ष मृत अवस्थमा फेला परेका छन । वालिङ नगरपालिका वडा नम्बर ९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका १३ गाहाखोलाको भित्री सडकमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घट्नास्थल बारे अनुसन्धान भैरहेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसीपी ढकेन्द्र खतिवडाले जानकारी दिए । घट्नास्थल र लाशजाँच मुचुल्कापछि लाशलाई पोष्ट मार्टमका लागि गह्रौं प्राथमिक अस्पताल ल्याईएको डिएसपी खतिवडाले बताए । घटना कसरी घट्यो पोष्टमार्टम पछि मात्रै भन्न सकिन्छ खतिवडाले भने-घटना संकास्पद हुनसक्ने आकांलन गरिएको स्रोतले बताएको छ ।@onkhabar