गरिमा विकास बैंकले फोकसवान पेमेन्ट सोलुसनद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ । बैंकले भिसा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरूलाई थप सरल तथा ग्राहकमैत्री बनाउन मोको डिजिटल वालेटसँग सम्झौता गरेको हो ।
उक्त सम्झौताअनुसार यस विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफ्नो भिसा कार्ड मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरू जस्तै: मोबाइल टपअप, इन्टरनेट्विद्युत्खानेपानीको बिल भुक्तानी, हवाई जहाजको टिकटको बिल भुक्तानीलगायतका सेवाहरू सजिलै प्रयोग गर्न सक्नेछन् । साथै, मोको डिजिटल वालेटबाट नेपालभर १५०० भन्दा बढी मर्चेन्टहरूमा स्क्यान टु पेमार्फत सजिलै बिल भुक्तानी गर्न सकिनेछ ।हाल, यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।












